सभापति देउवाद्वारा ओखलढुङ्गा कांग्रेसको पार्टी कार्यालयको भवन उद्घाटन

ओखलढुङ्गा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुङ्गा कांग्रेसको पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।

मंगलबार सभापति देउवाले ओखलढुङ्गा बजारमा रहेको कांग्रेस पार्टीको उद्घाटन गरेको कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् । उनले भने, ‘ओखलढुङ्गा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय वीपी स्मृति भवनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।’

पार्टी कार्यालयको भवन १ करोड २२ लाख ५८ हजार लागतमा निर्माण भएको छ । भवन करीव २ वर्ष अगाडि निर्माण सम्पन भएको थियो ।

पार्टी कार्यालयको भवन उद्घाटन र ओखलढुङ्गा कांग्रेसको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा ओखलढुङ्गा आएका थिए ।

सभापति देउवासँगै महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामहरि खतिवडा, प्रदीप सुनुवारका साथै कांग्रेसको कोशी प्रदेशका सभापति उद्धव थापा, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पनि आएका थिए ।

Published : Wednesday, 2023 December 6, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया