एमाले अध्यक्ष ओलीको कलाबिहीन नौटंकीको पर्दाफास

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले ९ वर्षको विद्यार्थीको पत्र भनेर सर्वसाधारणलाई झुक्काउने प्रयास गरेका छन् ।

मंगलबार ओलीले आफ्नो फेसबुक पेजमा राखेको पत्रको तस्बिरको अक्षर ९ वर्षका विद्यार्थीको कदापि पनि होइन । ९ वर्षका विद्यार्थीको अक्षर होइन भनेर सामाजिक सञ्जाल र ओलीको फेसबुकमा प्रतिक्रिया आएका छन् ।

ओलीको साइबर सेनाले आफै पत्र लेखेर विद्यार्थी तयार पारेर दिन लगाएको भनेर आलोचना भइरहेको छ । ९ वर्षीय विद्यार्थीले लेखेको अक्षर र ठूलो मानिसल लेखेको अक्षरमा जमीन आसमानको फरक हुन्छ । ओलीले बाहिर ल्याएको त्यो पत्रमा पनि जमीन आसमानको फरक छ । आलोचकहरूले ओलीले गरेको पत्रको नौटंकीलाई कलाबिहीन नाटक भनेर टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले फेसबुकमार्फत ९ वर्षीय विद्यार्थीको पत्र भनेर राखिएको पत्रमा लेखिएको लेखाइ ९ वर्षका विद्यार्थीको कदापि पनि हुन सक्दैन ।

ओलीले भनेका छन्, हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए ।’

‘स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचें– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ’, ओलीले भने, ‘ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं । सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ । सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय ।’

९ वर्षीय बालकको पत्र भनेर ओलीले सार्वजनिक गरेको पानाको सबैभन्दा माथि डेट लेख्ने ठाउँ राखिएको छ । ९ वर्षका बालकले डाइरी अर्थात डेट रहेको कापी प्रयोग गर्दैन् । ओली र उनका आसेपासेहरूले एमालेलाई चर्चित र लोकप्रिय बनाउने बहानामा नौटंकी गरेको खुलासा भएको छ ।

Published : Wednesday, 2023 December 6, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया