ढोँगी एमालेको नयाँ अवतार, ओलीसहितका नेताहरूको चर्चित रुप

काठमाडौं । एमालेले आफूलाई सबैभन्दा खाँटी कम्युनिस्ट ठान्छ । अर्थात् कम्युनिस्ट दाबी गर्दै आएको छ ।

धर्मलाई अफिम भन्ने कम्युनिस्ट (एमाले)का नेताहरू पछिल्लो समय धर्मकर्मतिर लागेका छन् । एमालेका नेताहरूले हिन्दु देवी/देवताका मन्दिरहरूमा पुगेर पूजा गर्ने गरेका छन् । धर्मका नाममा जनतालाई फेरि ठग्न थालेका छन् । एमालेका नेताहरूले हिन्दु धर्मका नाममा जनतालाई पंगु बनाउन थालेका छन् ।

हिन्दु धर्मको निकै विरोध गर्ने एमालेका नेताहरूले अहिले आएर हिन्दु धर्मको महत्व बुझेका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओली हिन्दु धर्मप्रति निकै लचक देखिन थालेका छन् । एमालेका नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डेसँग अध्यक्ष ओलीले श्री शैलेश्वरीको मन्दिरमा दर्शन गरेर तस्बिर बाहिर ल्याएपछि उनीहरूको ढोँगको पर्दाफास भएको छ । भित्र गर्ने अर्कै र बाहिर गर्ने हर्कतमा फरक रहेको कुरा ओली र एमालेका नेताहरूले देखाएका छन् ।

हिन्दु धर्मप्रति अहिले आएर लगाव हुन थालेको हो भने कम्युनिस्टका नाममा किन विगतमा उत्पात मच्चाएको भनेर प्रश्न उठेको छ । विशेष गरेर एमाले र त्यसका नेताहरूले हिन्दु धर्मप्रति आफूलाई निकै अनुदार बनाएका थिए ।

ओलीले हिन्दु धर्मलाई आफ्नो राजनीतिक रोटी सेक्ने भाँडो बनाउन खोजेका छन् । नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष बनाउन भूमिका खेल्ने एमाले नै थियो । एमालेका कारण नेपालमा धर्मनिरपेक्षता भएको थियो ।

मार्क्सवादको नवीन अवतार र भाष्यका रुपमा ओली र एमालेहरू देखिएका छन् । ओली र एमालेका नेताहरूको यो रुप हेर्ने हो भने यथार्थमा नेपालमा एकजना पनि कम्युनिस्ट छैनन् ।

कम्युनिस्ट पार्टीको सदस्य हुनु र कम्युनिस्ट हुनुमा फरक छ । स्वर्ग जाने कर्म र लिस्नु देखाएर छरिने भ्रम र साम्यवादको सपना वितरण गर्दै जनता ठग्ने खेती समान हुन् ।

जनता ठग्ने त्यो खेती नेपालमा खुब लगाइँदै छ । खेती लगाउने कार्यमा एमालेका अध्यक्ष ओली नै अग्रपंक्तिमा देखिएका छन् ।

Published : Sunday, 2023 December 3, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया