बागमतीका पावरफुल कर्मचारी, ‘हुतिहारा’ मुख्यमन्त्री र मन्त्री डरले छुलछुल

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतको आपूर्ति व्यवस्थान शाखाका निमित्त निर्देशक वसन्त अधिकारीले आफ्नो शक्तिको चरम दुरुपयोग गरेको आरोप लागेको छ ।

सरकारी कर्मचारी भएर पनि व्यक्तिगत स्वार्थमा लागेर बागमती प्रदेश सरकारको मातहतमा रहेका अस्पतालहरूलाई निकै दु:ख दिएको हैरान भएका कर्मचारीहरूले बताएका छन् । अधिकारीको हर्कतबाट दिक्क भएका अस्पतालका कर्मचारीहरूले मुख्यमन्त्री शालिकराम जमरकट्टेल र स्वास्थ्यमन्त्री उत्तम जोशीलाई भेटेर गुनासो गर्ने भएका छन् ।

निमित्त निर्देशक अधिकारीले आवश्यक परेका अस्पतालहरूमा कर्मचारी पठाउन अनाकानी गरिरहेका छन् । अधिकारीका कारण धेरै अस्पतालका कमकारबाही र खरिद बिक्रीको काम प्रभावित भइरहेको छ ।

निमित्त निर्देशक अधिकारीले आफ्नै अनुकूलका कर्मचारीहरू पनि पठाउन सकेका छैनन् । किन भने अधिकारीको व्यक्तिगत स्वार्थका कारण कर्मचारीहरू जान मानेका छैनन् ।

उदाहरणका लागि भक्तपुर अस्पतालले बायोमेडिकल ईन्जिनियर पठाउन अनुरोध गरेर कात्तिक १२ गते बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्र पठाएको छ । निमित्त निर्देशक अधिकारीले ती कर्मचारी पठाउन मानेका छैनन् ।

अधिकारीले आफ्नै गोजीको कर्मचारी पठाए पनि हुन्छ । तर, अधिकारीले कर्मचारी पठाउन नसकेर आफ्नो असफल कार्यक्षमताको औकात देखाएका छन् ।

भक्तपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्ड डा.त्रिभुवनचन्द्र झाले बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट सम्बन्धित कर्मचारीको माग गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल हुँदासम्म आफू अनुकूलको काम गर्ने भनेर निमित्त निर्देशक अधिकारीले निकटका कर्मचारीहरूसँग बताउने गरेको चर्चा छ ।

बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्री उत्तम जोशी छन् । जोशीलाई निमित्त निर्देशक अधिकारीले टेरपुच्छर लगाउँदैनन् । अधिकारीका कारण मन्त्री जोशी बदनाम भइरहेका छन् । भक्तपुरका सर्वसाधारण जनता स्वास्थ्यमन्त्री जोशीको निरिहपनाबाट दिक्क भएका छन् ।

मुख्यमन्त्री जमरकट्टेल र मन्त्री जोशीले काम गर्न नसक्ने कर्मचारीलाई हटाएर कुशल कर्मचारी ल्याउने हैसियत राख्न सक्नुपर्छ । काम गर्न नसक्ने निमित्त निर्देशक अधिकारीका कारण बागमती प्रदेश सरकार निकै बदनाम भइरहेको छ ।

बसन्त अधिकारीको प्रतिक्रिया

खरिद प्रक्रिया गर्ने जिम्मेवारी सम्बन्धित अस्पतालको नै हुन्छ । स्वास्थ्य आपूर्तिले आफ्नो कार्यसम्पादनका अतिरिक्त अस्पताललाई प्राविधिक सहयोग गर्ने हो । म अध्ययनको शिलशिलामा छठसम्म बिदामा थिएँ । आएपछि थाहा भयो । समाचार उठानपछि अस्पताललाई सहयोग गरिसकिएको छ । विषय बुझेरमात्र सत्यतथ्य समाचार लेख्दा राम्रो होला । धन्यवाद ।

बसन्त अधिकारी । निमित्त निर्देशक, आपूर्ति व्यवस्थान शाखा ।

Published : Friday, 2023 December 1, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया