मुख्यमन्त्रीविरुद्ध कार्यक्रमस्थलमै मुर्दाबादको नारा, बबाल हुने भएपछि टापकसे
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीविरुद्ध किसान र व्यवसायीहरूले नारावाजी गरेका छन् ।
बिहीबार बिराटनरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा किसानहरूको कुरा नसुनेर हिँड्न खोजेपछि मुख्यमन्त्री कार्कीविरुद्ध नारावाजी भएको हो । नारावाजी भएपछि कार्की रिसाएर कार्यक्रम छाडेर हिँडेका छन् ।
दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या र समाधानका विकल्पसम्बन्धी कार्यक्रममा सहभागी हुन कार्की आएका थिए ।
कृषि मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्की निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो आएका थिए ।
मुख्यमन्त्री कार्की कार्यक्रममा कुरा नसुनेर हिँड्न खोजेपछि मुख्यमन्त्री कार्की मुर्दावाद, गठबन्धन मुर्दावाद, जस्केलोबाट छिरेको मुख्यमन्त्रीले जनताको गुनासा सुनेन लगायतका नारा लगाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया