स्वार्थका कारण बसन्त अधिकारीले भक्तपुर अस्पतालमा कर्मचारी नै पठाएनन्

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतको आपूर्ति व्यवस्थान शाखाका निमित्त निर्देशक वसन्त अधिकारीले करीव दुई महिना हुन लाग्दा समेत भक्तपुर अस्पतालमा कर्मचारी पठाउन अटेर गरेका छन् ।

भक्तपुर अस्पतालमा रिक्त रहेको बायोमेडिकल ईन्जिनियर पदका कर्मचारीको माग लिखित रुपमै अस्पतालले गरेको छ । अस्पतालले बायोमेडिकल ईन्जिनियर छिटो पठाउन पटक पटक माग पनि गरिएको छ । तर, निमित्त निर्देशक अधिकारीले किन हो किन कर्मचारी पठाउन आलटाल गरिरहेका छन् ।

बायोमेडिकल ईन्जिनियर नहुँदा भक्तपुर अस्पतालले आवश्यक पर्ने औषधिसहितका उपकरणहरू खरिद गर्न सकेको छैन । उपकरणको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामीहरू निरास हुने गरेको गुनासो छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्ड त्रिभुवनचन्द्र झाले बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको आपूर्ति व्यवस्था शाखाबाट सम्बन्धित कर्मचारीको माग गरिएको बताए । झाले फोन गरेर पनि पटक पटक कर्मचारी पठाउन आग्रह गरेको बताएका छन् । उनले भने, ‘हामीले बायोमेडिकल ईन्जिनियर कर्मचारीको माग गरेका छौँ । हामीलाई कर्मचारी छिटो पठाइदिनु पर्‍यो । कामहरू धेरै छन् ।’

भक्तपुर अस्पतालमा आवश्यक रहेको बायोमेडिकल ईन्जिनियर जसलाई पठाए पनि हुन्छ । तर, निमित्त निर्देशक अधिकारीले रुचाएका कर्मचारी पठाउन र चलखेलका लागि बायोमेडिकल ईन्जिनियर नपठाएको आरोप लाग्न थालेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल हुँदासम्म ‘मलाई कसैले पनि हल्लाउन सक्दैन’ भनेर आफू निकटका कर्मचारीहरूलाई सुनाउने गरेका निमित्त निर्देशक अधिकारीको कार्यशैलीबाट कर्मचारीहरू दिक्क भएका छन् ।

बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्री उत्तम जोशी छन् । जोशीलाई निमित्त निर्देशक अधिकारीले निकै घुमाएर राखेका छन् ।

अधिकारीसँग प्रतिक्रिया लिन फोनमा सम्पर्क गर्दा फोन उठाएनन् । उनी सम्पर्कमा आउन चाहेनन् ।

Published : Wednesday, 2023 November 29, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया