खचाखच यात्रु लिएर पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना

पोखरा । धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको यात्रु बाहक बस तनहुँ जिल्लामा दुर्घटनामा परेको छ ।
ब्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा ३४ जना यात्रु घाइते भएका छन् । ग.१ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरूमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ बस्ने ४५ वर्षीय हस्त राई र अन्दाजी ५५ वर्षीय पुरूष रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल र पुरूषको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । १ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया