कांग्रेसले आफ्ना सदस्यहरूबाट अनिवार्य लेबी उठाउने, ऋण पनि तिर्ने
तम्घास । नेपाली कांग्रेस गुल्मीले पार्टी सदस्यहरूबाट अनिवार्य रूपमा लेवी उठाउने निर्णय गरेको छ ।
कांग्रेसले अबदेखि अनिवार्य रूपमा लेबी उठाउने व्यवस्था गरेको पार्टी सचिव भगतसिंह खडकाले बताएका छन् ।
गुल्मी कांग्रेसको मंसिर ९ र १० गते २ दिनसम्म चलेको दोस्रो जिल्ला सम्मेलनले लेबी उठाउने निर्णय गरेको छ ।
गुल्मी कांग्रेसले विधानलाई टेक्दै हालसम्म कार्यान्वयन हुन नसकेको लेबीलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।
गुल्मी कांग्रेसले पार्टीलाई थप प्रभावकारी बनाउन गुल्मी कांग्रेसको अठोट, सबल वडा सक्षम टोल अभियानलाई वडा, टोल प्रशिक्षण कार्यक्रम चलाउने निर्णय गरेको छ ।
गुल्मी कांग्रेसले विगतका वर्षहरूको पुरानो तिर्न पर्ने रकमलाई खोजी खोजी तिर्ने र आय ब्यायलाई चुस्त दुरुस्त राख्ने व्यवस्था पनि कांग्रेसले मिलाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया