श्रीमद् भागवत ज्ञान महायज्ञमा सभापति डा.राणाद्वारा प्रसाद ग्रहण

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा.आरजु राणाले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएर प्रसाद ग्रहण गरेकी छिन् ।
काठमाडौंमा सोमबार डा.राणाले श्री बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी भएर प्रसाद ग्रहण गरेकी हुन् ।
महायज्ञ कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यताका रुपमा सहभागी सभापति डा.राणाले हिन्दु धर्मले सबैलाई जोडेर राखेको बताएकी छिन् । उनले धर्म र संस्कृतिले नै देश विकास हुने बताएकी छिन् ।
सभापति डा.राणाले धर्म, संस्कृतिले नै मानिसलाई अनुशासनमा बाँध्ने भन्दै त्यहिँबाटै सबैको उत्थान हुने बताएकी छिन् ।
कार्यक्रममा सहभागी सबैप्रति डा.राणाले अभार प्रकट गर्दै महायज्ञको सफलताको कामना गरेकी छिन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया