ओखलढुंगा ठेकेदार पीडित भयाे, सीडीओलाई प्रगति विवरण बुझाउनुस् : सभापति खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुंगाकाे विकासका आयोजना समयमा पूरा गर्न निर्देशन दिएका छन् ।

आइतबार ओखलढुंगामा कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै खतिवडाले बिजुली नपुगेको गाउँमा बिद्युुतीकरणकाे काम छिटो गर्न निर्देशन दिएका हुन् । उनले असार महिनाभित्र बिद्युुतीकरणीको कामलाई सम्पन्न गर्न आग्रह गर्दै बजेट अभाव भएमा ल्याइदिने प्रतिबद्धता जनाए ।

खतिवडाले दुधकाेशी हाइड्रोपावरकाे आयाेजना पी वानमा परेकाे भन्दै खुशी व्यक्त गरेका छन् । उनले हाइड्रोपावरका लागि रकमकाे व्यवस्थापन भएको भन्दै मुआब्जाका लागि पचास कराेड रूपियाँ सरकारले छुट्याएको बताए । खतिवडाले हाइड्रोपावरकाे जलाशय १९ किलोमिटर लामो रहने बताए ।

ओखलढुंगाका सडकहरू निर्माणमा निकै ढिलाइ भएकोमा सभापति खतिवडाले चिन्ता जनाएका छन् । उनले ओखलढुंगा ठेकेदारबाट पीडित जिल्ला भनेर परिचित रहेको बताए ।

खतिवडाले सबै कार्यालय प्रमुखहरूलाई प्रगति विवरण प्रमुख जिल्ला अधिकारीलाई नियमित बुझाउन निर्देशन दिएका छन् ।

Published : Sunday, 2023 November 26, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया