पोकली झरनाले पश्चिम बेल्टको विकासमा सहयोग हुन्छ : सभापति खतिवडा

पोकली । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुङगाको लिखु गाउँपालिका वडा नं. ९ मा रहेको पोकली झरनाको अवलोकन गरेका छन् ।

शनिबार बिहान सभापति खतिवडाले पोकली झरनाको प्रचार प्रसार गरेर पर्यटन प्रर्द्धनमा सबैको सहयोग आवश्यक रहेको बताए ।

पोकली झरना देशकै १०० झरनामध्यको आकर्षक मानिन्छ । झरनाको विकासले समग्र पश्चिम बेल्टको मुहार फेर्न सकिने उनले बताए ।

पोकली झरनास्थलमा सिसाको आकाशेपुलको लागि आंशिक सर्भे भैसकेको छ । त्यसलाई पूरा गर्न पुलचोकस्थित सस्पेन्सन ब्रिज डिभिजनका प्रमुखसँग कुरा भएको खतिवडाले बताए ।

पोकली झरनाको अवलोकनमा लिखु गाउँपालिका अध्यक्ष अशोक कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रुद्र अधिकारी, ओखलढुङगा कांग्रेसका सचिव अजय लुइटेल, युवा नेता राजन सुवेदी, वडा नम्बर ९ को वडाध्यक्ष केशवहरि ढुङेल पनि रहेका थिए ।

Published : Saturday, 2023 November 25, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया