पन्ध्र एसएसपीहरूको सरुवा र काज, ५ जनाको पदस्थापना

काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा र काज गरेको छ ।
बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरूवा गरेको हो ।
एसएसपी दानबहादुर कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरूवा भएको छ ।
कार्की यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत थिए ।
एसएसपी भूपेन्द्रबहादुर खत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । यसअघि नै खत्री परिसर आएका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय उपराध तथा अनुसन्धान महाशाखा हेटौंडामा सरूवा भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौंडामा रहेका दीपक रेग्मीको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरूवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालका सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरूवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले ५ जना एसएसपीहरूको पनि पदस्थापना गरेको छ ।





बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया