सिरहामा दुई मोटरसाइकल ठोक्किदा ३ जनाको मृत्यु

लहान । सिरहा जिल्लामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सिरहा नगरपालिका–१९ सन्हैठा नयाँचोकस्थित सडकमा स.२ प ४५३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा अर्नामा गाउँपालिका–५ बस्ने २७ वर्षीय दिनेशकुमार यादव, किशनपुर बस्ने ३२ वर्षीय रामवृक्ष यादव र रडियाह बस्ने १९ वर्षीय मुकेशकुमार सिंह रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका १ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ ।

Published : Thursday, 2023 November 23, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया