पार्टीभित्र अनुशासन बनाउन कानूनी शुसासन आवश्यक : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई कमजोर बनाउन चौतर्फी प्रहार भएको बताएका छन् ।
राजधानीमा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए) को ३४औँ साधारण सभालाई सम्बोधन गर्दै बानियाँले मुलुकको लोकतन्त्रलाई थप सशत्त बनाउन तथा अदालतको प्रक्रियालाई थप जिम्मेबार बनाउनु पर्ने बताए ।
उनले कांग्रेसलाई थप बलियो बनाउन आफूहरूले नयाँ रुपमा नयाँ–पुस्तालाई तयार पार्न जिम्मेवार हुनुपर्ने बताएका छन् ।
सभापति बानियाँले कांग्रेस निकट डीएलएले पार्टीका विधि–विधान तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन् ।
‘लोकतन्त्रलाई थप बिलयो बनाउन हामीले पार्टीभित्रै अनुशासित वातावरण निर्माण गर्न कानुनी शुसासन तथा सवल र सक्षम बनाउन लाग्न पर्छ’, उनले भने ।
सभापति बानियाँले मुलुकको विकासका लागि आवश्यक रुपमा कांग्रेसलाई अग्रसर बनाउन पार्टीले गठबन्धन गरेको बताएका छन् ।
उनले शान्ति प्रक्रिया मान्ने हो भने गठबन्धनलाई समेत मान्नु पर्ने बानियाँको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया