कांग्रेसले यसरी बनाउनेछ भूकम्प प्रभावितका घर र टहराहरू

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रूकुम (पश्चिम) का भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न पार्टीको तर्फबाट श्रमदान गर्ने सम्बन्धी निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्याउने निर्णय गरेको छ ।
श्रमदान गर्न यथाशीघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने कांग्रेसले जनाएको छ ।
समूहहरूले एकहप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिनेछ ।
श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरू परिचालन गर्ने कांग्रेसले जनाएको छ ।
प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडैनै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने पनि कांग्रेसले जनाएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जीविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुनर्स्थापना सम्वन्धी अध्ययन गरि आवश्यक साधन स्रोत उपलव्ध गराई सहयोग पुर्याउने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले बनाउने अस्थायी घर टहरा सम्बन्धी आवश्यक सम्पूर्ण प्राविधिक सहयोग सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)ले उपलब्ध गराउनेछ ।
भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्र बारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको छ ।


बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया