लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए भैलोलाई आशीर्वाद र दक्षिणा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भैलो र द्येउसी खेल्न आएका समूहहरुलाई आशीर्वाद र दक्षिणा दिएर विदाइ गरेका छन् ।
बिहीबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीको मुसरियास्थित आफ्नै सरकारी निवासमा मुख्यमन्त्री चौधरीले स्थानीय भैलो र द्येउसी समूहहरुलाई आशीर्वाद र दक्षिणा दिएका हुन् ।
उनले आफ्नै मौलिक संस्कृतिले मात्रै देशको उन्नति र विकास हुने बताएका छन् । उनले संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताएका छन् ।
राप्ती गाउँपालिकाको वडा नं.३ का स्थानीय युवाहरुको परम्परागत दुई वटा भैलोलाई आफै निवासमा बोलाएर मुख्यमन्त्री चौधरीले दक्षिणा दिएका हुन् ।



Published : Thursday, 2023 November 16, 10:15 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया