झापामा भारतीय रुपैयाँसहित जैनुल हक पक्राउ

विराटनगर । प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित झापाबाट १ जनालाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका– ६ स्थितबाट स्रोत नखुलेको भारतीय रकमसहित भारतीय नागरिक ६२ वर्षीय जैनुल हकलाई पक्राउ गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ९ बजे मेचीनगरस्थित भन्सार गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारत ठानाचौक केबुलटोल बस्ने हकलाई पक्राउ गरेको हो ।
हकलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय रकम ५ सयको नोट ५ सय थान, २ सयको नोट २ सय थान र १ सयको नोट ३ सय थान गरि जम्मा ३ लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनलाई रकम सहित आवश्यक कारवाहिको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया