भूकम्प प्रभावितका लागि तरुण दलमार्फत पौडेलद्वारा एक लाख सहयोग

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई नेपाली कांग्रेसका नेता चिन्तन पौडेलले भूकम्प प्रभावितका लागि एक लाख रुपियाँ हस्तान्तरण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान अध्यक्ष गुरुङलाई पौडेलले चेक दिएका हुन् । नेपाल तरुण दलले जाजरकोट केन्द्र विन्दु भएर गएको भूकम्पका प्रभावित जनताका लागि सहयोग गर्न स्थापना गरेको कोषमा पौडेलले आर्थिक सहयोग गरेका हुन् ।
कांग्रेस नेता पौडेल राष्ट्रपति रामचन्द्र पौडेलका छोरा हुन् । पौडेलले व्यक्तिगत रुपमा सहयोग गरेको जनाएका छन् ।
Published : Thursday, 2023 November 9, 12:04 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया