भूकम्पपीडितलाई लुम्बिनीद्वारा २५ लाख प्रदान, प्रधानमन्त्रीलाई डा.लामाद्वारा चेक हस्तान्तरण

काठमाडौं । भूकम्प प्रभावितका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा पूर्वसांसद डा.ल्यारक्याल लामा (खेन्पो छिमे)ले २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उपाध्यक्ष डा.लामाले प्रधानमन्त्री दाहाललाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन् । भूकम्प प्रभावितको उद्धार, रहत र पुनर्स्थापनाका लागि कोषले आर्थिक सहयोग गरेको उपाध्यक्ष डा.लामाले बताएका छन् ।
कोष अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री दाहाललाई आर्थिक सहयोगको चेक हस्तान्तरण गरिएको छ ।
लुम्बिनी विकास कोषले सचिवालय बैठकमार्फत भूकम्प प्रभावितहरूलाई राहात लागि सहयोग गर्ने निर्णय गरेको थियो ।
कोषले भूकम्पबाट मृत्य् भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालय अन्तर्गत रहेका कोषसहित पशुपति क्षेत्र विकास कोष, नेपाल वायुसेवा निगम, पर्यटन बोर्डबाट प्राप्त सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया