मुगुबाट काठमाडौं जाँदै गरेको मोटरसाइकलको ठक्करबाट देउखुरीमा भीमसेनको मृत्यु

लमही । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय भीनसेन थारूको मृत्यु भएको छ ।

लमही नगरपालिका–८ सतबरियामा मुगुबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३३ प ३६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने थारूको आइतबार दिउँसो मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ठक्करबाट गम्भीर घाइते भएका थारुको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि भेरी अस्पताल नेपालगंज रिफर गरिएको छ ।

मोटरसाइकलमा सवार १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

Published : Monday, 2023 November 6, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया