कोशीमा एमालेले चिसो पानीले नुहायो, रमितासहितकाे दोहोरो हर्कत, कांग्रेसका कार्कीले लात हाने

विराटनगर । सरकारबाट बाहिरिएको जनाएको नेकपा (एमाले)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
विराटनगरमा सोमबार बसेको एमालेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन् । उनले एमाले सरकारबाट फिर्ता भएको भन्दै सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने निर्णय गरिएको बताएका छन् ।
एमाले कोशी प्रदेशसभामा प्रतिपक्षको बेन्चमा बस्नेछ । बजेटसम्बन्धी अध्यादेशलाई एमालेले स्वीकृत गर्न सहयोग गर्नेछ ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री रामबहादुर रानाले राजीनामा दिएका थिए ।
एमालेको सहयोगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्कीले एमालेलाई भन्दा पनि आफ्नै गठबन्धनलाई साथ दिएपछि एमालेलाई तनाब भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया