कथित अभियन्ता तारालाई पूर्वएआईजी चन्दले धोका दिए, तोरीको फूल देखाइदिने चेतावनी

काठमाडौं । विवाह गर्ने लिखित सहमति गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र स्वघोषित कथित अभियन्ता तारा बरालबीच विवाद भएको छ ।

पूर्वएआईजी चन्दले बरालसँग विवाह गर्ने कुनै योजना नभएको बताएपछि विवादको नयाँ रुप बाहिर आएको छ ।

चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर विवाह गर्ने योजना नरहेको बताएका छन् ।

केही दिन अगाडि बरालसँग विवाह गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

चन्दले विवाह गर्ने भनेर आएको सहमतिको कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको दाबी गरेका छन् ।

चन्दले फेसबुकमा लगातार स्टाटस लेख्दै बिहे नगर्ने बताएका छन् । कथित अभियन्ता बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै यस्तो कुरा नगर्न भनेकी चेतावनी दिएकी छिन् ।

बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘अनरगल बहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्नेहोइन, कानूनी निकायमा आफैँ उपस्थित हुनुस् सर ! यदि यो पोष्ट आफैँ गरेको भए, मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएर, वकिलले म कागज लेख्दिन भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २/३ जनालाई पव्लिकमा बाढी बगाइदिनुछ पहिल्यै भन्नुभा हैन ? मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोष्ट बढि ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेको हैन ? मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरूसहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन व्ल्याकमेलिङ सर ? हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।’

कथित अभियन्ता बरालले भनेकी छिन्, ‘आवश्यक परेमा वायोमेट्री, कल डिटेल, पोलिग्राफसम्म हुन्छ, मलाई फसाउँन शत्रुले मुद्दा झुण्डाएर पटकपटक खेलेको जालमा अहिल्यै सम्बन्धित व्यक्तिको उपस्थिति बिना केही नबोल्ने निर्णय गरियो ।’

पूर्वएआईजी चन्द र कथित अभियन्ता बरालबीच विवाहका साथै रोमान्सका समाचार आइरहेका छन् । उनीहरूबीच विवाहको सहमतिको कागज पनि बाहिरियो । अहिले आएर चन्द र बरालको विवाहलाई लिएर विवाद भएको छ ।

Published : Sunday, 2023 November 5, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया