भूकम्पका घाइतेको उपचारका लागि थप तयारीमा रहन स्वास्थ्यमन्त्री खनालको निर्देशन

मसुरिया । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भूकम्प प्रभावितहरूको उपचारका लागि मन्त्रालयका तर्फबाट सबै प्रकारको सहयोग गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
कामको सिलसिलमा अमेरिकामा रहेका मन्त्री खनालले स्वास्थ्य सचिव डा.जनार्दन शर्मालाई टेलिफोनमार्फत जाजरकोट र रुकुम पूर्वमा भएको मानवीय क्षेतिप्रति दु:ख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारमा सबै प्रकारको सहयोग गर्न निर्देशन दिएका हुन् ।
थप आवश्यक परेमा घाइतेको उपचारका लागि औषधिसहितको चिकित्सकहरूको टोली प्रभावित स्थलमा पठाउन तयारी अवस्थामा राख्न पनि खनालले सचिव डा.शर्मालाई निर्देशन दिएका छन् ।
मन्त्री खनालले प्रदेश मातहतका चिकित्सकसहित सबै स्वास्थ्यकर्मीलाई विपदमा परेकाको उपचारमा लाग्न आग्रह गरेका छन् ।
स्वास्थ्यमन्त्री खनालले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मन्त्री खनालले घाइतेको उपचकार लागि प्रदेशअन्र्तगतका अस्पतालहरूलाई पनि तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
भूकम्प प्रभावितको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चिकित्सकसहित २६ जनाको टोली जाजरकोट र रुकुम पश्चिम पठाइसकेको छ ।
लुम्बिनी प्रदेशअन्तर्गतका लुम्बिनी प्रादेशिक अस्पतालबाट अत्याधुनिक उपचार सामग्री सहित ७ लाख रुपियाँ बराबरको औषधि र राप्ती प्रादेशिक अस्पतालबाट ४ लाख रुपियाँ बराबरको गरि लुम्बिनी प्रदेशबाट ११ लाख रुपियाँ बराबरको औषधि भूकम्प प्रभावित क्षेत्रमा पठाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया