कांग्रेस नेता श्रेष्ठले भूकम्प प्रभावित १० विद्यार्थीलाई एलएमा नि:शुल्क आवासीय शिक्षा दिने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले लिटिल एञ्जलस स्कुल अर्थात ‘एलए एजुकेशन ग्रुप’द्वारा भूकम्पमा आमाबुबा गुमाएका १० जना छात्र र छात्रालाई नि:शुल्क शिक्षा दिने घोषणा गरेका छन् ।
पूर्वराज्यमन्त्री समेत रहेका कांग्रेस नेता श्रेष्ठले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमका आमाबुबा गुमाएका छात्र र छात्रालाई एलए एजुकेसन ग्रुपमार्फत न्यूनतम २ करोडको छात्रवृत्ती छुट्याएर नि:शुल्क आवासीय शिक्षा दिने जनाएका छन् ।
एलए एजुकेशनका संस्थापकद्वय र विद्या लिम्बूले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा प्रभावित जनतालाई आफूहरूबाट हुन सक्ने ‘सानो’ सहयोग गरेको जनाएका छन् ।
श्रेष्ठ र लम्बूले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
दुई जिल्लाका छात्र र छात्रालाई उच्च शिक्षा अर्थात १२ (उच्च माध्यमिक तह)सम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपियाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएको समाजिक सञ्जालमार्फत श्रेष्ठले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया