शेष घलेद्वारा भूकम्प प्रभावितहरूलाई दुई चरणमा सहयोग गर्ने ठूलो घोषणा

काठमाडौं । नेपाली मूलका अष्ट्रेलियन धनाढ्य तथा एमआईटी ग्रुप फाउण्डेशनका संस्थापक अध्यक्ष शेष घलेले जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरूलाई दुई चरणमा सहयोग गर्ने घोषणा गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर घलेले भूकम्पबाट प्रभावितहरूलाई आवश्यक्तानुसार फाउण्डेशनमार्फत अल्पकालीन र दीर्घकालीन सहयोग गर्ने जनाएका छन् ।

अध्यक्ष घलेले भने, ‘एमआईटी ग्रुप फाउण्डेशनले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको आँकलन गर्नेछ र कस्ता अल्पकालीन तथा दीर्घकालीन उद्धार, राहत तथा सहयोग कार्य गर्दा बढि प्रभावकारी तथा दिगो र स्थानीयहरूका प्राथमिकता पूरा गर्न सकिन्छ सोही अनुसार राहत तथा उद्धार कार्यमा संलग्न हुनेछ ।’

अध्यक्ष घलेले भूकम्पको धक्का रातको समयमा अधिकांश मानिसहरू सुतेको अवस्थामा आएको र अधिकांश घरहरू माटोको जोडाइबाट निर्माण भएका कारण भूकम्पले मानिसहरू निद्रामै रहेको अवस्थामा धेरै घरहरू भत्किएको बताएका छन् ।

घलेले घरहरू निर्माणमै सहयोग गर्न सक्ने संकेत गरेका छन् । उनले गोरखा केन्द्र विन्दु भएको भूकम्पका बेला पनि ठूलो सहयोग गरेका थिए ।

Published : Saturday, 2023 November 4, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया