दाङ १ बाट कांग्रेसको महासमिति सदस्यमा खुमबहादुरका छोरासहित ११ जना सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ मा महासमिति सदस्यहरूमा ११ जना सर्वसम्मत चयन भएका छन् ।

शनिबार लमहीमा भएको कार्यक्रममा महिला प्रत्यक्षतर्फ विमला नेपाली र गिरिजादेवी न्यौपाने चयन भएका छन् ।

प्रत्यक्ष पुरुषतर्फ अनुराग खड्का, जानकीलाल बस्नेत, किरणकिशोर घिमिरे, कर्णबहादुर बुढाथोकी र मोहन गिरी चयन भएका छन् ।

खस आर्यतर्फ अनुपकुमार थापा, थारु महिलामा सुशीला चौधरी, थारु पुरुषतर्फ विलोचन चौधरी र आदिवासी जनजातीतर्फ देवीमाया थापा मगर चयन भएको क्षेत्रीय सभापति भेषराज पाण्डेले बताएका छन् ।

स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्का महासमिति सदस्यतर्फ प्रत्यक्षमा चयन भएका छन् ।

Published : Saturday, 2023 November 4, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया