भूकम्पपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसले आकस्मिक बैठक बोलायो
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि त्यस विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसका सभापति देउवाले भूकम्पबाट भएको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान १० बजे धुम्बाराहीमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसले भूकम्प प्रभावित जिल्लाका पीडितहरूका लागि प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपियाँ दिने निर्णय गरिसकेको छ ।
कांग्रेसले उद्धारमा खटिन र सहयोग गर्न मातहतलाई निर्देशन दिइसकेको छ । कांग्रेसले तिहार अगाडिका आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरू पनि स्थगित गरेको छ ।
Published : Saturday, 2023 November 4, 6:32 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया