लुम्बिनीका मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गरेका छन् ।
आफू अनुपस्थित भएपछि चौधरीले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिएका छन् ।
कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रवक्ता धर्मा अर्यालले बताएका छन् ।
मुख्यमन्त्री चौधरी अमेरिकामा हुने ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’लगायतका दुई वटा कार्यक्रममा सहभागी हुनेछन् ।

Published : Saturday, 2023 November 4, 6:19 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया