राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमणलाई स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमणलाई स्वीकृत गरेको हो ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमणका लागि कात्तिक २२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

पौडेल भ्रमण सकेर मंसिर १ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ ।

Published : Friday, 2023 November 3, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया