कांग्रेस नेता सिटौलाद्वारा शालिग्राम संग्रहालय र पञ्चकोटको अवलोकन

पोखरा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पर्वतमा शालिग्राम संग्रहालय र पञ्चकोटको अवलोकन गरेका छन् ।
शुक्रबार बिहान नेता सिटौलाले पर्वतको कुश्मामा शालिग्राम संग्रहालय र पञ्चकोटको अवलोकन गरेका हुन् । नेता सिटौलाले पर्वतको पहिचानको संरक्षणको प्रयास भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले संस्कृति, संस्कार र पर्यटनको संरक्षण गरेमा मात्रै मुलुकको विकास सम्भव हुने बताएका छन् ।
पर्वत जिल्लाको आफ्नै महत्व र पहिचान रहेको भन्दै नेता सिटौलाले कांग्रेसले गाउँका कार्यकर्ताको भावना अनुसार काम गर्दै आएको बताएका छन् ।
पर्वतमा शालिग्राम संग्रहालय रहेको कुरा विद्यार्थी र नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने सिटौलाले बताएका छन् । पर्वतको पहिचान नै शालिकग्राम रहेको उनले बताए ।
नेता सिटौला नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनमा सहभागी हुन पोखराबाट पर्वत हुँदै जाने क्रममा शालिग्राम संग्रहालय र पञ्चकोटकोको अवलोकन गरेका हुन् ।






फेसबुकबाट तपाईको प्रतिक्रिया