पोखरा विमानस्थल काण्डबाट बच्न प्रदीपको ‘चाइना कार्ड’
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापामारेर अनुसन्धान अगाडि बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ठूलो तनाब भएको छ ।
चीनसँग मिटर व्याजमा ऋण लिएर निर्माण भएको पोखरा विमानस्थलमा धेरै त्रुटिहरू भेटिएका छन् । विमानस्थलमा खर्च भएअनुसारको काम हुन नसकेको गुनासाहरू छन् । पोखरा विमानस्थलले नेपाललाई ठूलो आर्थिक नोक्सानी भएको छ । पोखरा प्रकरणमा अख्तियारबाट बच्न अधिकारीले ‘चाइना कार्ड’ अगाडि सारेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा तत्कालीन समयमा आयोजना प्रमुख प्रदीप अधिकारी नै थिए । अधिकारी अहिले आएर प्राधिकरणको महानिर्देशक छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा भ्रष्टाचारगरेको अभियोगमा अधिकारीविरुद्ध अख्तियारमा प्रसस्त उजुरीहरू परेका छन् । धेरै गुनासाहरू आएपछि दशैँ अगाडि अख्तियारले पोखरा विमानस्थमा छापामारेको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको चाकडी गरेर आफूभन्दा सिनियर कर्मचारीहरूलाई उछिनेर महानिर्देशक पद पाएका थिए ।
महानिर्देशक अधिकारीलाई अख्तियारमा धाउँदा धाउँदै दिन जान थालेको छ । अर्थात् अधिकारीलाई अख्तियारले सोध्ने प्रश्नहरूको जवाफ दिएर हैरान हुन परेका छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहालमार्फत प्राधिकरणभित्र जमेर बसेका महानिर्देशक अधिकारीलाई पोखरामा अख्तियारले छापामारेपछि भने तनाब भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्पष्टीकरण सोधेका बेला गंगा दाहाललाई ‘मुर्गा’ बनाएर बचे जस्तो छैन अधिकारीका लागि अख्तियार । अख्तियारमा आयुक्त जयबहादुर चन्दले अधिकारीलाई बचाउँदै आएका छन् । स्वयम् अधिकारीले नै आफू निकटका साथीहरूसँग जयबहादुर चन्द अख्तियारमा रहँदासम्म कसैले चलाउन नसक्ने बताउने गरेका थिए ।
महानिर्देशक अधिकारी एमाले समर्थक हुन् । एमालेको विद्यार्थी संगठन अखिलमार्फत राजनीति गरेका अधिकारीले केही वर्ष अगाडि ईञ्जिनियर संघमा एमालेबाटै महासचिवमा उम्मेदवार बनेर लज्जास्पद हार व्यहोरेका थिए ।
अख्तियारले पोखरा विमानस्थलमा छापामारेपछि अधिकारीलाई अलिक धेरै तनाब भएको स्रोतले जनाएको छ । उनले अख्तियारमा पनि सेटिङ मिलाउन लागेको छु भनेर भन्ने गरेको चर्चा प्राधिकरणभित्र छ । आफूविरुद्ध आउन सक्ने संकटबाट बच्न र मोचन पाउनका लागि अधिकारीले सबै च्यानल प्रयोग गर्न सक्ने खुबी निकै उत्कृष्ट रुपमा प्रयोग गर्छन् ।
अख्तियारबाट बच्नका लागि महानिर्देशक अधिकारीले ‘चाइना कार्ड’ अगाडि सारेका छन् । स्रोतका अनुसार अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापामारेर भ्रष्टाचारविरुद्ध कारबाही अगाडि चीनसँगको सम्बन्ध बिग्रनेछ भनेर प्रचार गराइरहेको चर्चा छ ।
अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अन्य विभिन्न त्रुटिहरूका बारेमा मसिनो गरेर छानविनमा आफूलाई अगाडि बढाउने संकेत गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया