कपिलवस्तुमा बसबाट लडेर सिर्जनाको मृत्यु

चन्द्रौटा । कपिलवस्तु जिल्लामा बसबाट झर्ने क्रममा लडेर २६ वर्षीया सिर्जना गिरीको मृत्यु भएको छ ।
बुधबार बाणगंगा नगरपालिका–७ घेरुवा बनगाईमा लु.१ ख ८६७७ नम्बरको बस रोकी झर्ने क्रममा लडेर सोही नगरपालिका–७ मोतीपुर बस्ने गिरीको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लडेर गम्भीर घाइते भएकी गिरीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Wednesday, 2023 November 1, 7:45 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया