‘भारतसंग मधुर सम्बन्ध रहीरहयो भने नेपालको अर्थतन्त्रमा विकाश हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले नेपालको अर्थतन्त्र सुधारमा भारतको ठूलो सहयोग रहने बताएका छन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता शाहले नेपाल र भारतबीच सम्बन्ध सुमधुर भयो भने मात्रै नेपालको अर्थतन्त्रले लाभ लिन सक्ने बताए । उनले नेपालको अहिलेको अर्थतन्त्रलाई सुधार गर्न भारतले विशेष सहयोग गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘भारतसंग मात्र मधुर सम्बन्ध रहीरहयो भने नेपालको अर्थतन्त्रमा चौतर्फी विकाश हुन्छ ।’

नेपाल र भारतबीच खुला सिमाना छ । खुला सिमाना भएका कारण त्यसको फाइदा लिनुपर्ने पूर्वसांसद शाहले बताएका छन् ।

नेपाल र भारतबीचको सम्बन्ध विश्वका अन्य मुलुकहरुका बीच पनि नरहेको बताए ।

Published : Friday, 2023 October 27, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया