भारतले बनाइदियो हुम्लामा दुई वटा विद्यालयका भवनहरू

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुई वटा परियोजनाको उद्घाटन गरेका छन् ।

नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको नेरू ५.५२३ करोड अनुदान सहयोगमा विद्यालयहरूको भवन निर्माण गरेर हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक हस्तान्तरण गरिएको छ ।

Published : Wednesday, 2023 October 18, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया