अस्पतालमा रहेका साधन स्रोत अधिकतम प्रयोग गरेर रोल्पाली जनताको सेवा गर्नुस् : मन्त्री खनाल

घोराही । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले जिल्ला अस्पताल रोल्पाको अनुगमन गर्नुका साथै अस्पतालका समस्याहरूबारे जानकारी लिएका छन् ।
शुक्रबार खनालले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग समस्याहरूका बारेमा छलफल गरेका हुन् । उनले अस्पतालमा रहेका साधन स्रोतलाई अधिकतम प्रयोग गरेर रोल्पाली जनताको उपचार गर्न आग्रह गरे ।
मन्त्री खनालले जिल्ला अस्पताल रोल्पा र स्वास्थ्य कार्यालय रोल्पाको अनुगमन गरेको उनको निजी सचिवालयले जनाएको छ ।
अनुगमनका क्रममा मन्त्री खनालसँगै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा पूर्व सिचाइँ राज्यमन्त्री अमरसिंह पुन, प्रदेश सभा सदस्य दीपेन्द्र पुन लगायतको सहभागिता रहेको थियो ।
Published : Sunday, 2023 October 15, 10:44 am
फेसबुकबाट तपाईको प्रतिक्रिया