प्रचण्ड, देउवा र शेखरबीच सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको डिजाइनमा नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली नराम्रोसँग फसेका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा ओली आफैले राखेको ढोक्सामा एमाले परेको छ । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लद्वारा शनिबार बिहान सार्वजनिक भएको दाहाल, देउवा र कोइरालाबीचको सहमति पत्रअनुसार गठनबन्धनलाई बलियो बनाउने निर्णय भएको पत्र सार्वजनिक गरेका छन् ।
पत्रमा भनिएको छ, ‘आज मिति २०८० आश्विन २७ गतेका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्चण्ड’, नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता माननीय शेखर कोइरालाका बीच निम्नलिखित सहमति भएको छ ।’
‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृष्ढ छौँ र यो गठबन्धनलाई कुनै पनि हालताम कमजोर हुन दिने छैनौँ’, सहमतिमा भनिएको छ ।
दाहालका स्वकीय सचिव मल्लले भनेका छन्, ‘आज बिहान बसेको ३ नेताको बैठकले सत्ता गठबन्धनलाई नै बलियो बनाउने प्रतिबद्धतासहित कोशी प्रदेशमा सोही अनुसार आगामी कदम चाल्ने बताउनु भएको छ ।’
‘यसले सत्ता गठबन्धनमा खेलेर आफ्नो स्वार्थ पूरा गर्ने सपना देखेकाहरुले अर्को बल्ड्याङ्ग खाएका छन्’, मल्लले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया