आफूलाई मात्रै केन्द्रमा राखेर राजनीति गर्ने हो भने सफल हुन सकिँदैन : डा.आरजु राणा

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेसको कार्यक्रममा नेतृ डा.राणाले कांग्रेस एकजुट भएर जाने हो भने कांग्रेस पराजित नहुने बताइन् । उनले देशलाई केन्द्रमा राखेर हेर्नु
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा.आरजु राणाले आफूलाई मात्रै केन्द्रमा राखेर राजनीति गर्ने हो भने कहिल्यै पनि सफल हुन नसक्ने बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेसको कार्यक्रममा नेतृ डा.राणाले कांग्रेस एकजुट भएर जाने हो भने कांग्रेस पराजित नहुने बताइन् । उनले देशलाई केन्द्रमा राखेर हेर्नुपर्ने बताएकी छिन् ।
बोल्न पनि गाह्रो भएका बेला पार्टीलाई कसरी लैजानुभयो होला भनेर उनले नेताहरूको त्याग र तपस्याको स्मरण गरेकी छिन् । उनले अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने बताइन् ।
उनले भनेकी छिन्, ‘एकले अर्कालाई ढुंगाले हानेर समय विताउने हो ? यो विषयमा सोँचौँ ।’
नेतृ डा.राणाले मुलुकमा धेरै राम्रो काम भएको बताएकी छिन् । उनले पञ्चायतकालमा कति विकाश भएको थियो ? अहिले के भयो एकपटक मनन गर्नुपर्ने बताएकी छिन् । उनले रोजगारीमा वृद्धि गर्नुपर्ने बताएकी छिन् ।
उनले कृषिमा क्रान्ति ल्याउनुपर्ने बताएकी छिन् । उनले कृषिबाट उत्पादन बढाउनुपर्ने बताएकी छिन् । दश लाख हेक्टर जमीन खाली रहेको भन्दै उनले खाली रहेको जमीनलाई कृषिमा प्रयोग गर्नुपर्ने बताएकी छिन् ।
कांग्रेसकै नेतृत्वमा ठूला परिवर्तन भएको भन्दै डा.राणाले कार्यक्रमहरूमा माल्यार्णपन गर्ने नेताहरूलाई ठूलो योगदान दिएको बताएकी छिन् । उनले मुलुकको परिवर्तनका लागि स्वर्गीय नेताहरूले गरेको धैर्यधारणको उच्च सम्मान गर्नुपर्ने बताइन् ।
नेतृ डा.राणाले आफूभन्दा सिनियर नेताहरूसँग एउटै मञ्चमा बस्दा आफूलाई निकै खुसी लागेको बताएकी छिन् । डा.राणाले नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, ध्यानगोविन्द रञ्जित लगायतका नेताहरूप्रति निकै आभार प्रकट गरेकी छिन् ।
डा.राणाले नेता डा.शशांक कोइरालाको प्रशंसा गरेकी छिन् । उनले भनिन्, ‘सरल भाषामा अभिव्यक्ति दिएर जानुभयो । उहाँलाई बुबाका कारणले होइन, व्यक्तित्वका कारण सबैले मन पराउँछन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया