मोटरसाइकलको ठक्करबाट कीर्तिपुरमा बालकको मृत्यु, फरार रहेका दीपक पक्राउ

काठमाडौं । काठमाडौंको कीतिपुरमा मोटरसाइकल दुर्घटना गराएर फरार भएका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिहीबार राति करीव दश बजे कीर्तिपुर नगरपालिकाको वडा नं. १० ल्याब्रोरेटरी स्कुल अगाडि सडकखण्डमा तत्काल एकिन नाम, थर, वतन नखुलेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ३ घर भइ हाल कीर्तिपुर, नयाँबजार बस्ने वर्ष १२ को सुजन मगरलाई ठक्कर दिइ सख्त घाइते बनाइ चालक तत्काल फरार रहेका थिए ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी खटिगई घाइते सुरज मगरलाई उद्धार गरी उपचारको लागि काठमाडौंस्थित बयोधा अस्पताल बल्खुमा लगिएको थियो ।

उपचारका क्रममा सुरज मगरको बयोधा स्पतालमा मृत्यु भएको प्रहरीले चिकित्सकहरूलाई उल्लेख गर्दै विज्ञप्तिमार्फत जनाएको छ ।

दुर्घटना गरी फरार रहेका व्यक्तिलाई खोजतलास गर्ने क्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रमुख (डीएसपी) राजु लामाको कमाण्डमा खटिएको प्रहरी टोली र जिल्ला प्रहरी परिसर, काठमाडौंको सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २६ वर्षीय दीपक घिसिङलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घिसिङलाई शुक्रबार बिहान साढे ११ बजेको समयमा कीर्तिपुरको टीयू गेटमा फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका घिसिङको स्थायी घर रामेछापको दोरम्वा शैलुङ गाउँपालिका वडा नं. ६ मा रहेको छ । उनी हाल काठमाडौंको कालीमाटीमा बस्दै आएका छन् ।

घिसिङको साथबाट प्रहरीले बागमती प्रदेश ०२–०४२ प. ०२३९ नम्बरको २०० सीसीको एनएस मोटरसाईकल पनि बरामद गरेको छ ।

Published : Friday, 2023 October 6, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया