दाङको बजेट सार्ने षड्यन्त्र भएपछि कांग्रेसका दीपक गिरीले सरकारलाई सचेत गराए

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले रक्षाचौर–हापुर–घोराही सडकको बजेट अन्यत्र सार्न लागेको सूचना पाएको भन्दै विरोध गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले रातो किताबमा परेको बजेटलाई जुन सडकमा परेको हो सोही सडकमा खर्च गर्न माग गरे । उनले बजेटलाई अन्यत्र सार्ने काम भयो भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी लिन तयारी अवस्थामा बस्न सचेत गराएका छन् ।

उनले भने, रातो किताबमा उल्लेखित बजेट । दाङको रक्षाचौर आँखा अस्पताल हुँदै घोराही–हापुर जाने बाटोमा १४ करोड ४० लाख बजेट रातो किताबमा उल्लेखित छ ।’

सांसद गिरीले भने, ‘केही कमिशनखोर षड्यन्त्रकारीहरूले त्यो बाटोको बजेट सार्ने षड्यन्त्र भएको छभन्ने सुनेको छु ।

सरकारलाई चेतावनी दिन चाहन्छु । बजेटलाई अन्यत्र सार्ने काम नहोस् । होइन भने त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित पक्ष हुनेछ ।’

Published : Thursday, 2023 October 5, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया