धार्मिक संहिष्णुता एवम् सामाजिक सद्भावका लागि मुस्लिम आयोगका अध्यक्ष अन्सारीको अपील

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालगञ्ज लगायत केही स्थानमा भएका उश्रृङखल

व्यक्तिहरूका गतिविधिले धार्मिक संहिष्णुता एवम् सामाजिक सद्भाव खल्बल्याइ अशान्ति फैलाउन खोजेको घटनाले दुखित तुल्याएको जनाएका छन् ।

बुधबार विज्ञप्ति जारी गरेर आयोगका अध्यक्ष अन्सारीले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म एवम् समुदायहरूको अस्थाप्रति सम्मान व्यक्त गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सद्भाव कायम राख्न र धार्मिक संहिष्णुता बचाइराख्न सबैमा अपील गरेका छन् ।

आयोगका अध्यक्ष अन्सारीले तराईका केही जिल्लाहरूमा विगतमा समेत पटक पटक यस किसिमका धार्मिक संहिष्णुतालाई खल्बल्याउने क्रियाकलापहरू हुँदै आएको सन्दर्भमा कानूनको उल्लंघन गरी धार्मिक संहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्ति एवम् समूहहरूको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

सर्लाहीमा केही दिन अगाडि दुई धार्मिक समूहबीच झडप भएको थियो । बाँकेको नेपालगञ्जमा पनि दुई धार्मिक समूहबीच विवाद भएको छ । स्थितिले ठूलो रुप लिँदा कर्फ्यु समेत लगाउनु परेको छ ।

Published : Wednesday, 2023 October 4, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया