विशेष सूचनाका आधारमा हतियारसहित धानुक पक्राउ

काठमाडौं । कैलाली जिल्लामा कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

धनगढी उप–महानगरपालिका–१३ श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल र ४ राउण्ड गोलीसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 October 4, 2:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया