गण्डकीमा पद्मा र पृथ्वीको समूहबीच टक्कर, बलियो को ?

काठमाडौं । नेकपा (एमाले)को गण्डकी प्रदेशको अधिवेशनमा दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ ।

एउटा समूहको नेतृत्व पद्मा अर्यालले गरेकी छिन् । अर्को समूहको नेतृत्व पृथ्वीसुब्बा गुरुङले गरेका छन् ।

अर्याललाई खगराज अधिकारी, किरण गुरुङ, पदम गिरी, सूर्य पाठक, रश्मी आचार्य, भगवती न्यौपाने, रिसी आचार्य, सोभियत ढकाल लगायतले साथ दिएका छन् । गुरुङलाई धेरै नेताहरूको साथ छैन ।

एमालेका अध्यक्ष केपी ओलीले सहमतिका लागि दुबै समूहलाई निर्देशन दिएका थिए । तर, दुबै समूह टसकोमस छैनन् ।

पृथ्वीसुब्बा गुरुङले जातीय कुरा धेरै गरेपछि एमालेका नेता कार्यकर्ता रिसाएका छन् । सोही कारण नाम चलेका नेताहरूको उनको पक्षमा छैनन् ।

अर्याललाई नाम चलेका र अध्यक्ष ओली निकटका धेरै नेताहरूले साथ दिएका छन् । अर्यालको समूहले गण्डकी एमालेको नेतृत्व हत्याउन सक्ने चर्चा छ ।

Published : Tuesday, 2023 October 3, 12:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया