राजनीतिक उपलब्धी अहिंसात्मक बाटोबाटै प्रेरित : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा पछिल्लो पटक भएको राजनीतिक उपलब्धी महात्मा गान्धीको अहिंसात्मक बाटोबाटै प्रेरित भएर भएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाएर देउवाले राजनीतिक परिवर्तनको उपलब्धिस्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएर नयाँ संविधान जारी भएको बताएका छन् ।

संविधानको सफल कार्यान्वयनका लागि अहिंसा र शान्तिको बाटो अनुसरण गर्दै मुलुकलाई शान्ति र समृद्धतर्फ लैजानु आजको प्रमुख आवश्यकता भएको सभापति देउवाको भनाइ छ ।

गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रेरित कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको नाममा स्थापना भएको प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभापति देउवा भाइरल ज्वरो र रुघाखोकी लागेका कारण उपस्थित हुन सकेनन् ।

Published : Monday, 2023 October 2, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया