रोल्पामा जेसीबी दुर्घटना हुँदा मसुरियाका चौधरीको मृत्यु

घोराही । रोल्पा जिल्लामा जेसिबी दुर्घटना हुँदा दाङ घर भएका सहचालक २२ वर्षीय अमृत चौधरीको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१ भदौरे मोडस्थित सडकमा दाङबाट लिवाङतर्फ जाँदै गरको ई.जि.कन्ट्रक्सन प्रालि दाङको रा.१ क ११८७ नम्बरको जेसिबीको ब्रेक फेल भई आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा सह–चालक दाङको राप्ती गाउँपालिका–३ मसुरिया बस्ने अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Monday, 2023 October 2, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया