डा.शशांक कोइरालाद्वारा एन्ड्रिसालाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी एन्ड्रिसा घिमिरेलाई ३ लाख ५१ हजार १ ११ रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् ।

रामेछापकी घिमिरेलाई डा.कोइरालाले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम हस्तान्तरण गरेका हुन् ।

डा.कोइरालाले अमेरिकमा बसेर घिमिरेलाई सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिएका छन् । नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको उनले बताएका छन् ।

घिमिरेले एसईपछि कक्षा ११ पढ्न आउने क्रममा सवारी दुर्घटनामा परि खुट्टा गुमाएकी थिइन् । सो रकम हस्तान्तरण कार्यक्रममा गैर अवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई क्रृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्णसबुज बाँनिया, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रवीण घिमिरको उपस्थिति रहेको थियो ।

रामेछाप नगरपालिका हिमगंगाकी अन्द्रिशा घिमिरे मन्थलीमा एसईई सकेर उच्च शिक्षाका लागि यसैवर्ष काठमाडौं आएकी थिइन् । बुबासँग मोटरसाइकलमा गइरहेका बेला गाडीले ठक्कर दिँदा पछाडि बसेकी उनको खुट्टामा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा उनको तीघ्रभन्दा मुनिको भाग काट्नु परेको छ ।

Published : Saturday, 2023 September 30, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया