डीएसपी जोशी र ईन्स्पेक्टर श्रेष्ठलाई नक्सालबाट कारबाही

काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले नायब प्रहरी उपरीक्षक (डीएसपी) देव जोशी र प्रहरी निरीक्षक (ईन्स्पेक्टर) मदन श्रेष्ठलाई कारबाही भएको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युपछिको तनाब व्यवस्थापनमा खटिएका बैदाम प्रहरीका प्रहरी प्रमुख जोशीलाई हेडक्वाटर तानिएको छ । ईन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको छ ।

मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबारदेखि तनाव भएको थियो ।

मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो । मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठले डाक्टरलाई साप चुटेर आएँभन्दै आक्रोसित भीडलाई उक्साएका थिए ।

डाक्टर कुटेँ भन्ने प्रहरी निरीक्षक श्रेष्ठ निलम्वनमा परेको र कमाण्ड सम्हालेका जोशी हेडक्वाटर तानिएको प्रदेश प्रहरी प्रमुख वुद्धिबहादुर गुरुङले बताए ।

मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बैदानको कार्यक्षेत्रभित्र पर्दैन । अस्पतालमा थप सहयोगका लागि डीएसपी जोशीलाई सुरक्षाको नेतृत्व दिएर पठाइएको थियो ।

Published : Thursday, 2023 September 28, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया