हुतिहारा गृहमन्त्रीको राजीनामा माग, तानसेनमा ठूलो प्रदर्शन

काठमाडौं । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति पाल्पाले प्रदर्शन गरेको छ ।
बिहीबार तानसेन बजारमा सुरक्षाको मागरेर स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका हुन् छ । उनीहरूले स्वास्थ्य संस्था र चिकित्सकहरूलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।
पाल्पाका आवासीय चिकित्सकले सम्पूर्ण स्वास्थ्यकर्मीको पूर्ण सुरक्षा हुनुपर्ने, दोषीमाथि कडाकारबाही गर्नुपर्नेलगायतका नारा लगाउँदै तानसेनका विभिन्न चोकचोकमा पुगी विरोध गरेका हुन् ।
मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकले विभिन्न ४ वटा मुख्य मागहरू पूरा हुनुपर्ने बताएका छन् ।
बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गुण्डागर्दी शैलीमा आक्रमण हुँदा समेत दोषीलाई कारबाही नभएको भन्दै आवासीय चिकित्सकले स्वास्थ्यमन्त्री र तथा गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को पहिलो संसोधन २०७९ स्वास्थ्यकर्मीको पक्षमा नभएको पुन: संशोधन हुनुपर्ने, स्वास्थ्य संस्थामा सुरक्षित वातावरण हुनुपर्ने, आवासीय चिकित्सकको हकमा हप्तामा एक दिन र वर्षमा अनिवार्य १५ दिन विदाको प्रावधान पूर्णरुपमा लागू हुनुपर्ने, समयानुसारको चिकित्सकहरूको सेवा सुविधाहरू पुनरावोलकन हुनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको लागि अस्पतालभित्र प्रहरी विट राख्नुपर्ने, अस्पतालभित्र आइपर्ने समस्या समाधानको लागि अस्पताल प्रमुखको अगुवाइमा प्रहरीसहितको समन्वय समिति गठन गरी कार्यान्वयनको अधिकार दिनुपर्नेलगायतका मागहरू राखेर आन्दोलनमा उत्रिएको लुम्बिनी मेडिकल कलेजका आवासीय चिकित्सक डा.उदीप महर्जनले बताए ।
पाल्पाको लुम्बिनी मेडिकल कलेजमा मात्र दुई सयभन्दा बढी आवासीय चिकित्सक छन् । मागहरू सम्बोधन नहुँदासम्म आन्दोलन निरन्तर चलिरहने चिकित्सक डा.महर्जनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया