प्रगतिशील बिहे भएको २४ घण्टाभित्र बुटिकमा विप्लवका छोराबुहारीको रिसेप्सन पार्टी

काठमाडौं । नेपाल कम्युुनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द र बुहारी मान्यता थापाले चितवनमा सेरेन बुटिक होटेलमा भव्य पार्टी दिएका छन् ।
बिहीबार साँझ प्रकाश र मान्यताले बुटिकमा साँझ चार बजेदेखि राति ८ बजेसम्म पार्टी दिएका हुन् । रिसेप्सन पार्टीमा आएर उनीहरूलाई आफन्त, साथीभाई, राजनीतिक दलका नेता, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, भीआईपीहरू आदिलाई बोेलाएका छन् ।
बुधबार कपिलवस्तुको शिवपुरमा महासचिव विप्लवले प्रकाश र मान्यताको कथित प्रगतिशील विवाह गरिदिएका थिए । प्रगतिशील विवाह भएको २४ घण्टा वित्न नपाउँदै चितवनको भरतपुरको केन्द्रीय बसपार्क नजिक रहेको बुटिक होटेलमा रिसेप्सन पार्टी दिइएको छ ।
बेहुला प्रकाश र बेहुली मान्यताले निकै आकर्षक कपडा लगाएका छन् । उनीहरूले लगाएका कपडा ब्राण्डेड रहेका छन् ।
भरतपुरको बुटिक होटलमा रिसेप्सन पार्टी दिनु थियो भने शिवपुरमा किन प्रगतिशील विवाह गरिएको हो ? भनेर महासचिव विप्लवमाथि प्रश्न उठेको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया