मन्त्री किराँतीलाई ठेगान लगाएका प्रदीपद्वारा दुई हेलिकप्टरलाई कारबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा नियम उल्लंघन गरेको भन्दै दुई वटा हेलिकप्टरको उडान रद्द गरिदिएको छ ।
बुधबार सूचना जारी गरेर प्राधिकरणले भीएफआर अपरेशनको सुरक्षा नियमको गम्भीर उल्लंघन भएको पाइएपछि दुई रोटर विंग (हेलिकप्टर) अपरेटरहरूको सम्पूर्ण एएस ३५० बी ३ ई फ्लाईटको सञ्चालन अर्को निर्णय नभएसम्मका लागि तत्काल प्रभावबाट स्थगन गरेको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कुन कम्पनीको हेलिकप्टरलाई तत्कालका लागि प्रभावबाट रोकेका हुन् खुलाएका छैनन् ।
प्राधिकरणले हेलिकप्टरलाई बादलभित्र प्रवेश गराएको वा साँझ तोकिएको समयभित्र गन्तव्यमा पुग्न नसकेपछि कारबाही गरेको हुन सक्छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीलाई केही हेलिकप्टर कम्पनीहरूसँग निकै रिस उठेको छ । अधिकारीले केही हवाइ कम्पनीहरूलाई पनि तनाब दिँदै आएका छन् ।
महानिर्देशक अधिकारीले कारबाहीमा परेका हेलिकप्टर कम्पनीको नाम लुकाएका छन् । उनले त्यसको पनि नाम सार्वजनिक गर्नुपर्ने थियो, गरेका छैनन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई महानिर्देशक अधिकारीले ठेगानमा राखेका छन् । मन्त्री किराँतीको मन्त्री पद महानिर्देशक अधिकारीले झण्डै खाइदिएका थिए ।
अहिले मन्त्री किराँती महानिर्देशक अधिकारीसामु निरिह बनेर बसेका छन् । मन्त्रीलाई अधिकारीले औकातमा राखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया