आगो बनेको क्यानडालाई भारतले दियो शालिन रुपमा कुटनैतिक प्रतिक्रिया

न्यूयोर्क । भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई आग्रह गरेको छ ।

नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनुसन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहेका भारतका विदेशमन्त्री एस.जयशङ्करले मङ्गलबार आयोजित कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।

क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको विश्वसनीय जानकारी आफूसँग रहेको दाबी गरेको थियो । क्यानडाले हत्याको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्रमरी चिसिएको छ ।

आपसी सम्बन्धमा तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्कासन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।

भारतले क्यानाडको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको छ ।

विदेशमन्त्री जयशङ्करले हत्यामा दिल्लीको कुनै भूमिका नभएको दोहोर्‍याएका छन् । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिएका छन् ।

हरदीपसिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतङ्कवादी घोषणा गरेको थियो ।

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।

सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रुप लिएको छ ।

यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विराधि गतिविधि गर्दै आएका छन् ।

Published : Wednesday, 2023 September 27, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया